बुटवल– बुटवल प्रहरीले सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको आरोपमा दुइ युवकलाई नियन्त्रणमा लिएको छ । शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रीतम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मा परानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’बजाएको आरोपमा पक्राउ परेका हुन् ।
गत २८ वैशाखमा बुटवलको ट्राफिकचोकमा आयोजित एक भेलामा उनीहरूले ‘श्रीमान् गम्भीर नेपाली‘ बजाइएका थिए । प्रहरीले उनीहरूलाई २९ वैशाखमा पक्राउ गरेर ‘अभद्र व्यवहार’को मुद्दा चलाइएको बुटवल प्रहरीले जनाएको छ ।
प्रहरी हिरासतमा रहेका प्रीतमले हिरासतमै अनसन सुरु गरेका छन् । उनको जीवन रक्षा दुवैजनाको २४ घन्टाभित्र रिहाइ गर्न माग गर्दै उनीहरूका परिवारजन र शाही युवा शक्ति नेपालले आन्दोलनको चेतावनी दिएका छन् ।
उनीहरूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले भने दुवैलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । farakdhar.com
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम