पोखरा पब्लिक स्कूलमा ४ सदन

पोखरा पब्लिक स्कूलमा ४ सदन

school

पोखरा । पोखरा महानगरपालिकाको चाउथेमा रहेको पोखरा पब्लिक स्कुलका विद्यार्थीहरुबीच ४ सदन गठन गरिएको छ । विद्यालयका नयाँ शैक्षिक सत्र २०७६ का कुल विद्यार्थीहरुबाट ४ सदन गठन गरिएको हो ।

विद्यालयमा शैक्षिक सत्र २०७६ मा आयोजना हुने अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सहज होस् भन्ने उदेश्यले सदन गठन गरिएको हो । भानुभक्त सदनमा सुप्रिना अमात्य, लेखनाथ सदनमा सौरभ पौडेल, माधव प्रसाद सदनमा सफल सापकोटा र लक्ष्मीप्रसाद सदनमा दृश्यराज पन्थी क्याप्टेन छनोट भएका छन् ।

विद्यार्थीमा अन्तर सदनात्मक प्रतियोगितामा स्वस्थ प्रतिस्पर्धाको भावना विकसित हुनुपर्ने भन्दै विद्यालयका संस्थापक प्रिन्सिपल कृष्ण केसीले सदनका क्याप्टेनलाई सदनको झण्डा हस्तान्तरण गरी कार्य सफलताको शुभकामना दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds