स्याङ्जा । प्रहरीले ५६५ लिटर तयारी अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाको चापाकोट नगरपालिकाका विभिन्न भेगबाट सो परिमाणको मदिरा र १०० लिटर कच्चा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार सो मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय रत्नपुर, प्रहरी चौकी चापाकोट, प्रहरी चौकी मल्याङकोट, अस्थायी प्रहरी पोष्ट दामाचौरबाट छुट्टाछुट्टै खटिएको टोलीले आफ्नो कार्यालयको जिम्मेवारीभित्र पर्ने स्थानबाट सो नियन्त्रणमा लिएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय रत्नपुरमा स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी, जनप्रतिनिधि एवं पत्रकारको रोहबरमा नष्ट गरिएको हो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम