दाङ : दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ । कमलपित्त रोगका कारण मृत्यु भएकी लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको नदीमा बगेर मृत्यु भएको हो ।
राप्ती नदीमा दाहसंस्कारपछि नुहाउँदै गर्दा नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए । उनका अनुसार बिहान ११ बजे नदीले बगाएर बेपत्ता भएका उनको अपरान्ह् ३ बजेतिर ५० मिटर तल मृत अवस्थामा शव फेला परेको थियो । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम