प्रहरीले हत्या गरी फरार रहेका एक व्यक्तिलाई ९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने वर्ष ३८ को इन्द्रबहादुर मोक्तान रहेका छन् ।
२०६७ असार १ गते काभ्रे गोकुलेका दीर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मोक्तानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
आर्थिक लेनदेनको कारण गोलेको हत्या गरी फरार रहेका मोक्तानलाई वैशाख २७ गते ललितपुरको सानेपाबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसपी) सुदीप गिरिले जानकारी दिए । पक्राउ परेका मोक्तानलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे, धुलिखेल पठाइएको एसपी गिरीले बताए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम