पोखरा। आगामी साउन १ गतेदेखि लेखनाथमा बन्दै गरेको अन्तराष्ट्रियस्तरको चिडियाखाना (जुलोजिकल पार्क) सञ्चालनमा आउने भएको छ ।
युनाइटेड क्लब पोखराको विशेष पहल एवं स्थानीयवासीको सक्रियतामा १३४ हेक्टर क्षेत्रफलमा बन्दै गरेको जुलोजिकल पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै आगामी साउन १ गतेदेखि सञ्चालनमा ल्याउने युनाइटेड क्लब पोखराका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।
पार्कभित्र वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा रहेको छ र हाल नीलगाई, अजिङ्गर, विभिन्न प्रजातिका चरा, मृग, बाह्सिंङ्गा, गिद्ध, वनबिरालो, बाँदरलगायतका जनावर राखिएको छ ।
क्लबले प्रत्येक वर्ष पोखराको अमरसिंहचौरमा गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणकै लागि छुट्याउने गरेको छ । पार्कभित्र वन्यजन्तु उद्धार केन्द्र निर्माणका साथै जनाबर राख्ने विभिन्न केज, वन्यजन्तुका लागि पानीट्याङ्की, प्रवेशद्वार, टिकटघर, बाटो निर्माणलगायतका कामलाई तीव्रता दिइएको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम