दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै छोरीको हत्या गरेका छन् ।
२२ वर्षीय नवीन विष्टले आफ्नो ११ महिने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।
सो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ । उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ ।
राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए । उनीहरुले शिशुको हत्या गर्नाको कारण खुलाइएको छैन । (रासस)
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम