जनकपुर । आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान र मतियार बनेकी उनकै भाउजुलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि फरार रहेका धनुषा शहिदनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षका श्रीमान् मुकेश गोइत यादव र २५ वर्षीया भाउजु श्यामादेवी यादवलाई पक्राउपछि बिहिबार धनुषा प्रहरीले सार्वजनिक गरेको हो ।
गत वैशाख ५ गते राति खाना बनाउँदै गरेकी निर्मलादेवी यादवलाई भाउजु श्यामाको इशारामा मकुेशले शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख उपरीक्षक शेखर खनालले जानकारी दिए ।
निर्मलाको उपचारका क्रममा बैशाख १६ गते काठमाडौंमा मृत्यु भएको थियो । पक्राउ परेका दुवै जनामाथि कर्तव्य जान मुद्दा चलाइने प्रहरीले जनाएको छ । निर्मलालाई श्रीमान मुकेश र भाउजु श्यामादेवीले कुटपिट गर्दै हातखुट्टा बाँधेर पेट्रोल छर्केर आगो लगाएका थिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम