पाकिस्तानको लाहोरस्थित प्रसिद्ध दाता दरबार सुफी मस्जिदनजिकै विष्फोट भएको छ । सो विष्फोटमा परी पाँच प्रहरीसहित ८ जनाको मृत्यु र २५ जना जति घाइते भएको रेडियो पाकिस्तानले जनाएको छ।
प्रहरीको एउटा गाडीलाई लक्षित गरी सो विष्फोट गरिएको बताइएको छ । अहिलेसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन।
इस्लाम धर्मावलम्बीहरूको पवित्र रमजान महिना सुरू भएपछि यो आक्रमण भएको हो । सिया र सुन्नी दुवै सम्प्रदायका मुसलमानहरू दाता दरबार मस्जिदमा जाने गर्छन्। इस्लामिक लडाकूहरूले पाकिस्तानमा प्रायः सुफी सम्प्रदायका व्यक्तिमाथि आक्रमण गर्ने गरेका छन् ।
सन् २०१० मा सो मस्जिदमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौं मानिसहरूको ज्यान गएको थियो । यसैबीच, राष्ट्रपति आसिफ अली र प्रधानमन्त्री इमरान खानले मृत्यु भएकाप्रति समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री खानले सो विस्फोटनको निन्दा गर्दै घाइतेको राम्रो उपचारको प्रबन्ध गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते