नेपालमा हुनसक्ने विमान दुर्घटनाका घटनामा उद्धारकार्यलाई चुस्त र दुरुस्त बनाउने उद्देश्यले उद्धारमा जुट्ने सुरक्षाकर्मीहरुलाई काभेको धुलिखेलमा नमुना अभ्यास गराइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना भइहालेमा जतिसक्दो छिटो उद्धार गर्नका लागि नमुना अभ्यास गराएका हुन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित देवीथान डाँडामा गरिएको अभ्यासकाक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले विमान दुर्घटनाको घटनास्थल पहिचान गरी उद्धार टोली खटाइ उद्धार गरेका थिए ।
अभ्यासकैक्रममा अन्तराष्ट्रिय विमानस्थलको रेस्क्यु कोर्डिनेसन सेन्टरले विमान हराएको सूचना प्राप्त गरेपछि दुर्घटनास्थलको सम्बन्धित क्षेत्र अनुमान गरी सो क्षेत्रका जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सम्बन्धित निकायलाई सूचना प्रवाह गरेको थियो ।
त्यस्तै, दुर्घटनामा ज्यान गुमाएकाहरुको शव संकलन गर्ने र घाइतेहरुको उद्धारको पनि अभ्यास गरिएको थियो ।घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी नजिकको अस्पताल पुर्याइएको थियो ।
अन्तर्राष्ट्रिय अभ्यासअन्तर्गत् नेपालले पनि हरेक दुई वर्षमा यस प्रकारको नमुना अभ्यास गर्ने गरिएको र यसले उद्धार टोलीलाई कुनैपनि दुर्घटना हुनेबित्तिकै द्रुतगतिमा उद्धारकार्य गर्न सहज हुने र क्षति न्यूनीकरणमा सहयोग पुग्ने नेपाली सेनाका प्रमुख सेनानी सुवास खड्काको भनाइ छ ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले यस प्रकारको नमुना अभ्यासले सम्बन्धित निकायका व्यक्तिहरु बढी चनाखो हुने धारणा व्यक्त गरे । नमुना अभ्यासलाई स्थानीयले भने फरक तरिकाले पनि बुझेको पाइयो । एक बालक नेपाली सेनाको हेलिकोप्टरले राहत वितरण गरेको भन्दै अभ्यासस्थल आइपुगेका थिए ।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु