धादिङ । धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धादिङको गल्छी गाउँपालिकामा दुर्घटना हुँदा चन्द्रागिरी ५ का दुई जनाको मृत्यु भएको हो । चन्द्रागिरी नगरपालिका ५ काठमाडौंका २९ वर्षीय राज महर्जन र ३० वर्षीय कविकुमार महर्जनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बुधबार दिउँसो चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल काठमाडौंबाट नवलपरासीतर्फ जाँदै गरेको बा ४ ख ९१०३ नम्बरको माइक्रो बससँग ठोक्किएको हो । त्यसपश्चात अनियन्त्रित भएको मोटरसाइकललाई चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकले किचेको प्रहरीले जनाएको छ । हा
ल दुबै शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको उनले जनाए । माइक्रोबस र ट्रक चालक दुबैलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम