पोखरामा एक्कासी असिना, पानीको भेलले सडक छिचोल्नै मुस्किल (भिडियो सहित)

पोखरामा एक्कासी असिना, पानीको भेलले सडक छिचोल्नै मुस्किल (भिडियो सहित)

Pokhara paani

पोखरा । पोखरामा सोमवार दिउँसो एक्कासी असिना पानी परेपछि घर बाहिर निस्केका सर्वसाधारले सास्ती व्यहोरेका छन् । आधा घण्टासम्म निरन्तर परेको असिना पानीले कृषकको तरकारी, फलफूल तथा अन्नबालीमा क्षति पुगेको छ ।

दिउसो ३ः३० बजेदेखि झण्डै ४ बजेसम्म लगातार परेको असिना पानीले पोखरा र आसपासका क्षेत्रमा किसानले लगाएको तरकारी, फलफूल र अन्न बाली नष्ट गरेको हो । विशेष गरी असिना पानीले बढी क्षति पोखराको कास्कीकोट, सराङकोट, पुम्भीभुम्दी, हेम्जा, मालेपाटन, मासवार, पस्र्याङ, छोरेपाटन, अर्मला, लामाचौर, भलाम, काँहू, आर्वा, मौजा, सिशुवा, वेगनास, कालिका, धम्पुस, धिताल लगायतका बालीनालीमा क्षति पु¥याएको छ ।

किसानले लगाएको मकैबाली, गहुँ, तरकारी, काँक्रो, घिरौला, फर्सी, करेला, लौका, बोडी, गोलभेँडा बिरुवा नष्ट गर्नुको साथै असिना पानीले लिची, सुन्तला, आरु, मेवा, लगायतका फूल तथा फलहरु झारेर नष्ट गरेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए । ‘क्षतिको तथ्याङ्क आइसकेको छैन’ कडरियाले भने– ‘यहाँका किसानले लगाएको वाली र फलफूलमा करोडौ रुपैयाँ मूल्य बरावरको नष्ट भएको छ ।’

हावाको बेग र परेको असिना पानीको कारण गन्तव्यमा पुग्न हतारिएका सर्वसाधारणलाई समस्या पारेको थियो । सडक छेउमा पार्क गरिएका मोटरसाइकल, स्कुटरहरु सडकमा आएको भेलसँगै लडेका पनि थिए । विद्यालय छुट्ने बेला भएकाले विद्यार्थीहरु विद्यालयमै रोकिएका थिए । असिना पानी कम हुनासाथ मुख्य चोकहरुमा ट्राफिक जाम भएको थियो । पोखराका अधिकांश क्षेत्र जलमग्न भएको छ । पानी अझै राम्ररी रोकिएको छैन ।

भिडियो: सन्तोष अधिकारी/रमाईलो पल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds