राज्यमन्त्रीले आफ्नै खर्चबाट गराए दलित परिवारकी राधाको बिहे

राज्यमन्त्रीले आफ्नै खर्चबाट गराए दलित परिवारकी राधाको बिहे

manadal

जनताको नाममा आएको रकम खाएको कयौ समाचारहरु तपाईहरु पढनु भएको होला तर २ नम्बर प्रदेशका राज्यमन्त्रीले आफनो तलबबाट आएको रकमले डोम समुदायकी छोरीलाई बिहेमा खर्चगरी छोरी सरह विदाई गरेको सुन्दा तपाईलाई हिन्दी फिल्मको कहानी जस्तो लागेको होला तर होईन यर्थार्थ हो ।

मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री एवं उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका दलित समूदायकी राधा मल्लिकको बिवाह आफ्नै खर्चमा गराएका हुन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले बिवाह गर्न समस्या भएका उनको मन्त्री मण्डलले बिहेको सम्पूर्ण खर्च मात्र व्यहोरेनन्, उनले अभिभावकको भूमिका पनि निर्वाह गरे ।

मंगलबार भएको विहेमा राज्यमन्त्री आफै जन्तीलाई स्वागत गरेका थिए । बिहेको सम्पूर्ण कार्यक्रमको अवलोकन नर्गुको साथै दुल्हा–दुल्हीलाई आशिर्वाद पनि दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds