क्षमता भन्दा बढी यात्रु बोक्दा बस दुर्घटना, ६ जनाको मृत्यु २६ घाइते

क्षमता भन्दा बढी यात्रु बोक्दा बस दुर्घटना, ६ जनाको मृत्यु २६ घाइते

58381133_497497250794627_5398796379520761856_n

डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जना घटना स्थलमै  मृत्यु भएको छ भने २६ जना घाइते भएका छ्न । भीमदत्त राजमार्गअन्र्तगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो ।

धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५ः३० बजे दुर्घटना भएको थियो  । घाइतेहरुलाई डडेल्धुरा अस्पताल ल्याईदैन छ । बस सडक बाट १०० मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनामा परी बझाङ्गको तल्लाकोट गाउँपालिका–४ का अन्दाजी बर्ष ४० का धनबहादुर घर्ती, बझाङ्ग कै केदारस्युँ गाउँपालिका–५ का अन्दाजी वर्ष २५ का नरेन्द्र गुरुधामी, विहार भारतका मोहमद नासिरको मृत्यु भएको छ । बझाङ्गकै केदारस्युँ गाउँपालिकाकी अन्दाजी वर्ष ५५ की कल्सीदेवी बोहरा र सोही गाउँपालिकाकी अन्दाजी ३५ वर्षीया हरुली बोहरा रहेकी छन् ।

दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds