काठमाडौँ- श्रीलंकाले आइतबार भएका शृङ्खलाबद्ध विस्फोटनमा अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा भएको दाबी गरेको छ । सरकारका प्रवक्ता रजित सेनारत्नेले विदेशीको सहयोग बिना हमला नभएको दाबी गरेका हुन्।
‘हामीलाई लाग्दैन कि यो देशमा सीमित एउटा समूहका मानिसहरूले मात्रै हमला गराएका हुन्,’ उनको भनाइ छ, ‘एउटा अन्तर्राष्ट्रिय समूह छ जसको सहयोग विना ती हमलाहरू गराउन सम्भव थिएन।’
यसअघि श्रीलङ्काली सरकारले स्थानीय मुस्लिम समूह नेसनल तौहिद जमात(एनटीजे)को हात रहेको बताएको थियो । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हमलाकारीहरूको अन्तर्राष्ट्रिय सम्बन्धबारे पत्ता लगाउने कार्यमा सघाउन विदेशी सहयोगका लागि अपील गर्नेछन्।
देशभरि संकटकाल घोषणा गर्दै
यसैबीच श्रीलंकाले देशभरि संकटकाल घोषणा गर्ने भएको छ। यो सोमबार मध्यरातदेखि लागू हुने छ। यसअघि आइतबार भएका विस्फोटका घटनामा २९० जनाको मृत्यु र ५०० घाइते भएपछि श्रीलंकाली सरकारले देशभर कर्फ्यु घोषणा गरेको थियो । गलत सूचना प्रवाह हुनबाट रोक्ने भन्दै फेसबुक, वाट्सएप लगायतका समाजिक संजाल समेत सरकारले बन्द गरेको छ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते