पोखराका मेयरकै अगाडि अनेरास्ववियूले भन्यो: ‘छात्रवृत्ति लागू नगराए गेटमै आमरण अनसन बस्छौं’

पोखराका मेयरकै अगाडि अनेरास्ववियूले भन्यो: ‘छात्रवृत्ति लागू नगराए गेटमै आमरण अनसन बस्छौं’

gautam

पोखरा । निजी विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत वितरण गर्नुपर्ने छात्रवृत्ति लागू नगराएको विषयमा ध्यानाकर्षण गराइएको छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भुगोल जिल्ला कमिटी कास्कीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको हो । शैक्षिक सत्र सुरु भएपछि अनिवार्य वितरण गर्नुपर्ने छात्रवृत्ति अनेक बहानामा टार्दै आइरहेकोले नियामक निकाय महानगरलाई झक्झकाएको भुगोल कमिटी कास्कीका अध्यक्ष शेखर गौतमले बताए ।

‘छात्रवृत्ति लागू नगराउने स्कुललाई अनुगमन गरी कारबाही थाल्न समेत ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘अनेरास्ववियुले यस विषयलाई वर्षौदेखि गम्भीरतापूर्वक उठाउँदै आएको छ । यस वर्षदेखि लागू नभए महानग गेटमै अनसन तयारी समेत गरेका छौं ।’ अध्यक्ष गौतम सहित ५ जना विद्यार्थी नेता छात्रवृत्ति लागू गराई अटेर गर्ने स्कुललाई कारबाहीको माग राख्दै अनसन बस्ने तयारी गरेको उनले जानकारी दिए ।

१० प्रतिशत अनिवार्य छात्रवृत्ति वितरण गर्नुपर्ने प्रावधान छ । तर अधिकांश विद्यालयले सो कोटामा समेत विद्यार्थी भर्ना गरी शुल्क लिँदै आएको पाएपछि अनेरास्ववियुले लागू गराउन पहल थाल्ने भएको जनाइएको छ । साथै, अध्यक्ष गौतमले यस वर्षदेखि सो दर बढाएर २० प्रतिशत कायम गराउन समेत माग गरिएको जानकारी दिए ।

सामुदायिक स्कुलको गुणस्तर सुधार गर्दै विद्यार्थीको पढ्नपाउने अधिकारको ग्यारेन्टी गर्न माग गरेको छ। साथै निजी शैक्षिक संस्थाले लिदै आएको बार्षिक र मासिक शुल्क अबैग्यानिक भएकोले तत्काल नयाँ शुल्क निर्धारण गर्न माग गरेको छ।

चैत अन्तिम साता पोखरा महानगर र वडाहरुलाई शिक्षा सुधारका ४ बुँदे माग सहित ज्ञापनपत्र बुझाइएको थियो । मागको कुनै वास्ता नभएकाले अब कडा रुपमा जान आवश्यक भएको अध्यक्ष गौतमको भनाई छ ।

http://gandaknews.com/mahanagarpalika-sikxya-sudar/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds