काठमाडौं– श्रीलंकाको राजधानी कोलम्बोस्थित केही गिर्जाधर (चर्च) र होटलमा भएको आक्रमणमा परि मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । इस्टर पर्वको प्रार्थनाका लागि भेला भएकालाई लक्षित गरी चर्चामा आक्रमण गरिएको थियो । आक्रमणकारीहरुले २ वटा होटल र अन्य १ ठाउँमा गरी ६ ठाउँमा श्रृङखलाबद्ध बम विस्फोट गराएका थिए ।
आक्रमणकारीले कोलम्बोसहित बट्टिकोला, नेगङ्बो लगायत ठाउँमा पनि आक्रमण गरेका थिए । बीबीसीका अनुसार कोलम्बोमा मात्रै मृत्यु हुनेको संख्या ४७ पुगेको छ । यस्तै बट्टिकोलमा ५० जनाको ज्यान गएको हुनसक्ने जनाइएको छ । प्रहरीले भने अहिलेसम्म २५ जनाको शव प्राप्त भएको जनाएको छ ।
बम धमाकामा करिब ४ सय ४० जना व्यक्ति घाइते भएका जनाइएको छ । मृत्यु हुनेमध्ये ९ जना विदेश रहेका जनाइएको छ । इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा श्रंखलावद्ध विस्फोट गराइएको जनाइएको छ । हरेक वर्षको अप्रिल महिनामा पूर्णिमा पछिको पहिलो आइतबारको दिन इस्टर पर्व मनाइन्छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते