सलिनाको बाध्यताः मनभरी किताब, हातभरी काँक्रो

सलिनाको बाध्यताः मनभरी किताब, हातभरी काँक्रो

58375912_436636270501621_2710638913742962688_n

अशोक विश्वकर्मा, तनहुँ । आफ्नो दौँतरी किताबको झोला बोकेर रोडरोडै स्कूल जान्छन् । सलिना रोड छेवैमा काँक्रो बेच्छिन् । मनभरी किताव छ, हातभरी काँक्रो छ । तनहुँ आँधीमूलकी सलिना भुजेल बल्ल १० वर्षकी भईन् । तर, घर धान्न आमालाई उनकै साथ चाहिन्छ । काँक्रो फिस्लिङमा फल्छ, सलिनाले दुलेगौंडा तिर बेच्छिन् ।

रोड छेवैमा कपुरको रुख मुनी बसेर काँक्रा बेच्दै गरेकी सलिना आफू पढ्न नपाएपनि अरुलाई पढाउन मन छ, तर पढाउन आफै पढ्न पर्छ भन्ने पनि थाहा छ । मनमा पो पढाई छ, दिनभर काँक्रा बेच्नुपर्छ । घरमा आर्थिक सहयोग गर्ने कोही नभएपछि आमासँगै काँक्रा बेच्नुपरेको उनी सुनाउँछिन् । यो खेल्ने, पढ्ने उमेर हो ।

तर, बालापन नै नआई समय बित्यो । ‘खेल्न त मन लाग्छ, आमाले कराइहाल्नु हुन्छ ।’ सलिना ओठ बिगार्दै भन्छिन् – ‘मसँगै काक्राँ बेच्न हिँड् भनेर ल्याउनुहुन्छ ।’ विहान उठेपछि फिस्लिङमा काँक्रा खरिद गर्न आमा सँगै जानु र बजारमा बिक्री गर्न ल्याउनु उनको दैनिकी नै बनेको छ । बुबा सर्वसिंहले कान्छी बिहे गरेर आफ्नै सुर गरेपछि कक्षा ४ मा पढ्दै गरेकी सलिनाको जिन्दगीको गोरेटो बदलियो ।

हिजोसम्म विद्यालयको गोरेटो आज बजारतिर अघि बढेको छ । विद्यालय जाने की आमासँगै ब्यापार गर्ने ? उनलाई आफूले चाहेको नै हुँदो हो त, स्कुलको विकल्प अरु हुनै सक्दैन । बजारका घरघरमा डोकाभरी काँक्रा बोकेर सलिनाकी आमा ब्यापार गर्ने गरेकी छिन् । सलिना चौतारातिर नै हुन्छिन् । दिनभरी काँक्रो बेचेको पैसा उनले आमालाई नै लगेर दिन्छिन् ।

शनिबार ९ सयको बेचिछन् । लजालु स्वाभावकी सलिनाका घरमा अन्य सदस्य नभएका पनि होइनन् । बुबा धेरै टाढा छैनन् । पारी गाउँमा कान्छी आमासँग बस्छन् । तर, सहयोग छैन । दिदी घरमै बसेर नाङ्ला बुन्छिन् । दाइ स्कुल जान्छन् । उनलाई असाध्यै स्कुल जान मन छ । तर, कसले पढाइदिन्छ ?

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds