पोखरा : बेगनास तालमा हप्तैपिच्छे बृहत् सरसफाईे अभियानको सुरु भएको ५४ औं हप्ता पुगेको छ । व्युटिफुल वेगनासलाई आत्मसाथ गर्दै स्थानीय वेगनास युवा क्लवले सुरु गरेको वेगनासतालमा हप्तैपिच्छे सरसफाई अभियान शनिबार ५४ औं पुगेको क्लवका अध्यक्ष राम रानाभाटले जानकारी दिए ।
‘वेगनास आफैमा पर्यटकीय स्थल हो । यहाँ हुने फोहोर यस क्षेत्रको ईज्जतसंग जोडिएको हुन्छ’ उनले भने, ‘पर्यटकको आतिथ्यतामा फरकपनको आभाष होस् र स्थानीय ठाउँहरु आफैं सफा राख्नु पर्छ भन्ने हेतुले सचेतनाका लागि यो अभियान नै गरेका हौँ ।’
शनिवार मन्धरेपार्क नजिकै रहेको प्रतिक्षालय पछाडी वाट मात्रै १० वोरा फोहोर निकालिएको थियो । उक्त स्थानमा डुङ्गा व्यबसायीले फोहोर उठाउने जिम्मा लिए पनि समितिको लापरबाहीले गर्दा केही हप्ता देखि फोहोर उठ्न सकेको थिएन ।
यस हप्ता पनि क्लव भवन देखि शुरु भएर मन्धरेपार्क, ड्यामसाईड,पर्यटन मार्ग, नहरचोक, वसपार्क हुँदै क्लव भवन सम्म सफाई गरिएको थियो। शनिबारमात्रै १५ वोरा फोहोर संकलन भएको हो ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम