कास्की क्षेत्र नं ३ (१) रामजी बराल जीवन (माओवादी): वामपन्थी सरकारले युवाहरुको मुद्धा सम्बोधन

कास्की क्षेत्र नं ३ (१) रामजी बराल जीवन (माओवादी): वामपन्थी सरकारले युवाहरुको मुद्धा सम्बोधन

Ramji baral

कास्की  प्रदेशसभा सदस्य क्षेत्र नं ३(१)का वाम गठवन्धनका उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले युवाहरुलाई रोजगारी दिने र उनीहरुलाई स्वरोजगार वनाउने कार्य कम्युनिष्टहरुले मात्र गरेको वताएका छन् ।

देशको मेरुदण्डको रुपमा रहेको युवा जनशक्ति विदेशिनु दुखको कुरा भएकोले अव वन्ने वामपन्थीको सरकारले युवाहरुलाई उचित रोजगारी र स्वरोजगारमुलक कार्यक्रमहरु ल्याउने दावी गरे । “विगतमा पनि कम्युनिष्टको सरकारले युवाहरुलाई लक्षित गरेर थुप्रै कार्यक्रमहरु ल्याएकै हो” वरालले भने “ युवा स्वरोजगार कार्यक्रम, संयुक्त जमानीमा ऋण सुविधा, कृषि कर्जामा सहुलियत कम्युनिष्ट सरकारलेनै ल्याएका हुन्। अव वन्ने वामपन्थीको सरकारले पनि युवाहरुको मुद्धाहरुलाई सम्वोधन गर्दछ”।

प्रदेशसभा सदस्य क्षेत्र नं ३ (१)का उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले माछापुच्छ«े गाउँपालिका वडा नं ७ धम्पुसका विभिन्न ठाउँहरुमा जनतासँग भेटघाट गरेका छन् ।
विहानैदेखी घट्टेकुलोवाट घरदैलो सुरु गरेका उम्मेदवार सहितको टोलीले किसानहरुलाई खेतमै पुगेर भोट माग्ने काम गरेका छन् ।

धम्पुसको झाँक्रे, देउराली, खानीगाउँ लगायतका क्षेत्रहरुमा घरैदेलो तथा कोणसभा सम्पन्न भएको छ । घरदैलोको क्रममा नेता वरालसँग स्थानीयहरुले फेदीवाट धम्पुससम्को वाटो पिच नभएको र देउरालीवाट खानीगाउँसम्मको वाटो ग्रावेलिङ गर्न र कृषि उत्पादनको बजारिकणमा असुविधा रहेको भनाई राखेको थिए । पर्यटकिय क्षेत्र समेत रहेको धम्पुसको प्रवद्र्धनका कार्यक्रमहरुको खाँचो समेत स्थानीयले राखे ।

उम्मेदवार वरालले आफु स्थानीय जनताका मागहरुलाई सम्वोधन गर्न प्रतिवद्ध रहेको र जनताका जायज मागहरु पुरा गर्न आफुले सरोकारवाला निकायहरुलाई झकझकाउने भनाई वरालको थियो ।

ग्रामिण सडकलाई स्तरोन्न्ती र डिपिआर भएकालाई चाडैै कालोपत्रेको पहल 

वाम गठवन्धनको तर्फवाट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा सदस्य क्षेत्र नं १ का उम्मेदवार रामजी बराल(जीवन) ले  धितालमा घरदैलो सम्पन्न गरेका छन् ।उम्मेदवार सहितको प्रचार टोलीले विजयी भेडावारीवाट तल्लो नुवागाउँ, उपल्लो नुवागाउ, अस्ताममा घरदैलोमा व्यस्त रह्यो ।

घरदैलो पछि आयोजित कोणसभाहरुमा वोल्दै उम्मेदवार जीवनले ग्रामिण सडकलाई स्तरोन्न्ती र डिपिआर सम्पन्न भईसकेका सडकहरुलाई चाडै नै कालो पत्रेको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । स्थानीय जनताले माग गरेअनुसार इदी र मर्दी खोला नियन्त्रण गरि कृषिमा सुधारका कार्यक्रम संचालन गर्ने र चट्याङको समस्या समाधानका लागि अर्थिङ र कालो तारको व्यवस्थाको लागि पहल गर्ने प्रतिवद्धता जीवनको छ । उनले अस्ताम र नुवागाउँमा पिउने पानीको समस्या समाधान गर्न सम्वन्धित निकायलाई अनुरोध गर्ने भनाई उनको छ ।

छापुच्छ«े गाउँपालिकाका प्रमुख कर्णवहादुर गुरुङले वाम गठवन्धनले जिते मात्रै गाउँपालिकाका नीति तथा कार्यक्रम सहज रुपले अगाडी वढ्ने भन्दै वाम गठवन्धनलाई जिताउन आग्रह गरे । उपप्रमुख कृष्ण कुमारी दवाडीले महिलाको हक,हित र उत्पिडितको उत्थान गठवन्धनले मात्रै गर्ने भएकोले प्रतिनिधिसभा र प्रदेशसभामा वाम उम्मेदवारले जित्नै पर्ने भनाई राखिन् ।

निर्वाचन परिचालन कमिटि क्षेत्र नं ३(१) का संयोजक दीपक पौडेलले जनताका मागहरु पुरा गर्न वामपन्थीको स्थिर सरकार आवश्यक रहेको वताए । कार्यक्रममा सह सहसंयोजक राजु तिमिल्सना, धिताल प्रचार प्रसार संयोजक रुद्रवहादुर केसी, सहसंयोजक टेकनाथ गौतम, पूर्व अध्यक्ष नन्दलाल अधिकारी लगायतले वोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ