तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको कमलबारीमा शनिबार दुर्घटना भएको छ ।
व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा फलामको रड बोकेको ट्रक सडकबाट तल खस्दा दुर्घटना भएको हो ।
डुम्रेबाट दमौली तर्फ आउदै गरेको ग १ ख ७३०७ नम्बरको ट्रकले दमौलीबाट डुम्रे तर्फ जादै गरेको ना ७ ख ७७५८ नम्बरको अर्को ट्रक लाई साइड दिने क्रममा डुम्रेबाट दमौली आउदै गरेको बा ९९ प ४५५२ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त दुर्घटनामा परि घाइते हुनेमा मोटरसाइकल चालक स्याङ्जा आदिखोला गाउँपालिका-५ बस्ने वर्ष ४६ को अर्जुन कुमार शर्मा रहेको प्रहरीले जनाएको छ ।
घाइते शर्माको दमौली स्थित एपोलो अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
ग १ ख ७३०७ नम्बरको ट्रक सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तस्बिर : प्रकाश अधिकारी
सम्बन्धित खबर
मुस्ताङमा इन्टरनेशनल माउण्टेन आर्ट फेस्टिभल
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
धवलागिरिको चुचुरो चुम्न १६७ मिटर बाँकी रहँदा अस्ताएका अनुभवी आरोही
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु