पोखरा : अनलाइन पत्रकार संघ गण्डकीले पोखराबाट आधिकारिकताका साथ सञ्चालित गण्डकन्यूज डटकमका पत्रकार अश्विन दानीमाथि सुरक्षाकर्मीले गरेको दुव्र्यवहारप्रति अनलाइन पत्रकार संघ गण्डकीले खेद व्यक्त गरेको छ ।
पत्रकार संघ, गण्डकीका अध्यक्ष गणेश बरालले एक विज्ञप्ती जारी गर्दै सुरक्षाकर्मीबाट पत्रकार माथि हातपात र दुव्र्यवहार हुनु मिडिया माथिको नांगो हस्तक्षेप भएको हाम्रो ठहर गरेका छन् । दानी माथि हातपात गर्दै संचार सामाग्रि (मोबाइल सेट) फुटाउने दोषी सुरक्षाकर्मी माथि कडा भन्दा कडा कारबाहीको माग गर्दै उचित क्षतिपूर्तिको व्यबश्था मिलाउन संघले माग गरेको छ । अनलाइन पत्रकार संघ गण्डकीका कार्यसमिति सदस्य पनि हुन् ।
विज्ञप्तीमा उल्लेख छ ‘ पछिल्लो समय कास्कीमै लगातार अनलाइन संचारकर्मी र प्रेसजगत माथि भइरहेको प्रहार सुनियोजित षड्यन्त्र त हैन भन्ने गम्भीर प्रश्न चिन्ह खडा भएको छ । यसरी बारम्बार संचार जगत माथि भएको नांगो हस्तक्षेपलाई तत्काल बन्द गरि निर्वाधरूपमा समाचार संकलन र सम्प्रेषण गर्ने वाताबरण निर्माण गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउनका लागि राज्य, स्थानिय प्रशासन, सुरक्षा निकाय र नागरिक समुदायमा सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।’
https://www.facebook.com/ganesh.news/posts/2365853500132799
सम्बन्धित खबर
मुस्ताङमा इन्टरनेशनल माउण्टेन आर्ट फेस्टिभल
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
धवलागिरिको चुचुरो चुम्न १६७ मिटर बाँकी रहँदा अस्ताएका अनुभवी आरोही
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु