पोखरा , ७ वैशाख । पोखराको ट्रेड मल पछाडि फेरि शंकास्पद वस्तु भेटिएको छ । ट्रेड मल नजिकैको भित्री सडक चोक छेउमा शंकास्पद वस्तु भेटिएको हो । बिहान साढे ६ बजे सो स्थानमा एकतर्फ झोला र अर्को तर्फ बम जस्तै वस्तु भेटियो । त्यसअघि नै कसैले ल्याएर छाडेको हुन सक्ने अनुमान गरिएको छ ।
यसअघि, न्यूरोडबाट ट्रेडमल छिर्ने गल्लीमा बम भेटिएको थियो । नेकपा विप्लव समूहले बन्द घोषणा गरेको दिन एक महिलाले बम ल्याएर छाडेकी थिईन् । झण्डै डेढ घण्टा ढिलो मात्र शंकास्पद वस्तु निष्तेज गर्नका लागि बम डिस्पोजल टोली बिजयपुरबाट आएको थियो । साढे ८ बजे डिस्पोज गरिएको छ । त्यसअघि, नेपाली सेना र नेपाल पुलिसको टोलीले घटनास्थल नियन्त्रणमा लिएको थियो ।
यहाँ कालीभञ्जन गणको टोलीले बम डिस्पोज गर्ने गर्दछ । बन्दको दिन नदिपुर क्षेत्रमा बम डिस्पोज गर्दा एक अमल्दार घाइते भएका थिए । सो दिन चार ठाउँमा यहाँ बम र शंकास्पद वस्तु भेटिएको थियो ।
https://www.facebook.com/gandaknews/videos/519227481942034/
सम्बन्धित खबर
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
नेपालका को–को नेता पुगे कम्बोडिया ?
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम