श्रीमतिको नाममा रहेको जग्गा बेचेर बालुुवाटारमा ८ आना किनेको हुँ : विष्णु पौडेल

श्रीमतिको नाममा रहेको जग्गा बेचेर बालुुवाटारमा ८ आना किनेको हुँ : विष्णु पौडेल

bishnu-paudel1_

काठमाडौं : नेकपा महासचिव विष्णु पौडेलले नवलपरासीको जग्गा बेचेर बालुवाटारमा खरिद गरेको स्वीकार गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको जग्गा विवादमा आफ्नो नाम मुछिएपछि पौडेलले यस्तो दाबी गरेका हुन्।

शुक्रवार जारी विज्ञप्तीमा उनले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित श्रीमतिको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेर आएको रकमले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको उल्लेख गरेका    छन् । छोरा नविन पौडेलको नाममा २०६१ पुस २९ गते किनिएको ८ आना जग्गालाई लिएर विवाद भएपछि पौडेलले दोस्रो विज्ञप्ती मार्फत जग्गा प्रकरणमा ६ बुँदे प्रष्टिकरण दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds