नयाँदिल्ली–भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले झुक्किएर ‘गलत’ पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटेको बताएका छन् । उत्तर प्रदेशबाट मतदान गरेका पवन कुमारले उनको समर्थन रहेको एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेको भएपनि विद्युतीय मतदान यन्त्र (भोटिङ मेशिनं मा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन् ।
उनले आफ्नो जीवनमा पहिलो पटक मतदान गरेका र आफूले चाहेको दललाई मत नपरेको थाहा पाएपछि निकै दुःखी बनेका उनका दाजु कैलासचन्द्रले बताए । मतदानपछि रिसको आवेगमा औँला काटेपछि खिचिएको भिडियो, जुन भारतीय सामाजिक सञ्जालमा छाइरहेको छ, मा पच्चिस बर्षीय पवनकूमारले आफूले दूर्घटनावश सत्ताधारी नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताएका छन् ।
“म हात्ती चुनाव चिन्हमा मतदान गर्न चाहन्थेँ, तर मैले झुक्किएर फूल चिन्हमा मत हालेँ,“ पवन कुमारले यसो भनेको उक्त भिडिओमा सुन्न सकिन्छ । सत्ताधारी भारतीय जनता पार्टीको चुनाव चिन्ह कमलको फूल हो भने, एउटा क्षेत्रीय शक्तिशाली पार्टी बहुजन समाज पार्टीको चुनाव चिन्ह हात्ती हो । उक्त क्षेत्रमा बहुजन समाज पार्र्टीले अन्य दुई क्षेत्रीय पार्टीहरूसँग गठबन्धन गरेर भारतीय जनता पार्टीलाई चुनौति दिइरहेको छ ।
भारतमा थुप्रै क्षेत्रीय पार्टी र गठबन्धनहरू पनि छन् जसले गर्दा मतदानका बेला मतदाता अन्योलमा पर्ने सम्भावना हुने गर्छ । पवन कुमारले बिहीवारको निर्वाचनमा भारतको उत्तर प्रदेश राज्यको बुलन्द शहर क्षेत्रमा मतदान गरेका थिए । भारतीय लोकसभा निर्वाचनको दोस्रो चरणमा सरदर ६११२ प्रतिशत मत खसेको बताइएको छ । भारतमा सात चरणमा आम निर्वाचन भैरहेको छ र मे २३ तारिखका दिन मतगणना हुनेछ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते