नेपाली टिम सन् २०२० मा हुने अन्डर १९ विश्वकप खेल्नबाट वञ्चित भएको छ । उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालको युवा क्रिकेट टिम भाग्यले साथ नदिँदा विश्वकपमा छनोट हुनबाट चुक्यो । ५ मध्ये ४ खेलमा शानदार जीत हात पारेको नेपाल यूएईविरुद्ध १ रनले पराजित हुँदा यति ठूलो अवसरबाट चुकेको हो । भारी वर्षाका कारण नेपालले प्रस्तुत गरेको लक्ष्य छोट्टिँदा यस्तो अवस्था आएको हो ।
दोस्रो खेलमा बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित हुनु नै दुर्भाग्य बन्यो ।नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पक्ष्याएको युएइको स्कोर एक सय २२ रनमा तीन विकेटको अवस्थामा भारी बर्षा भएको थियो । जसका कारण खेल संभव हुन सकेन । त्यसपछि खेलकाे नतिजा डकवर्थ एण्ड लुइसको नियमका आधारमा निकालिएको थियो । जसमा यूएईले जितका लागि एक सय २१ रनको नयाँ लक्ष्य पाएको थियो । तर यूएईले एक सय २२ रन बनाइसकेकाले नेपाल एक रनले पराजित भयो ।
१२२ रनमा ३ विकेट गुमाउँदा यूएईले ३० ओभरको खेल खेलिसकेको थियो । २० ओभर बाँकी हुँदा उसलाई आधाभन्दा बढि रन बनाउनुपर्ने खेल नेपालकै पक्षमा थियो । तर वर्षाले खेल विथोल्यो । प्रतियोगिताका प्रमुख दावेदार नै नेपाल र यूएई थिए । दुई टीमको भिडन्त फाइनल बराबर नै थियो । यदि पूरा ओभर खेल्न पाएको भए पक्कै पनि नेपालको सम्भावना बढि थियो । तर, डीएलएस मेथडमा नेपाल एक रनले पछि पर्यो । प्रतियोगिताबाट एउटा मात्रै टिम विश्वकपका लागि छनोट हुने प्रावधान थियो ।
मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा नेपालको प्रदर्शन उत्कृष्ट थियो । नेपालले खेलेका पाँचमध्ये ४ खेलमा विपक्षी टिमलाई कुनै मौका नदिई भारी अन्तरको जित हासिल गरेको थियो । सिंगापुरविरुद्ध नेपालले हासिल गरेको २१७ रनको जित प्रतियोगितामै सबैभन्दा फराकिलो जित हो । दोस्रो ठूलो जित पनि नेपालकै नाममा रह्यो । ओमानविरुद्ध १५० रनको जित । नेपालले मलेसिया र कुवेतलाई समान ८–८ विकेटको हार चखाएको थियो । मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमा पूरा गरेको थियो भने कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा हासिल गरेको थियो ।
प्रतियोगिताको पहिलो, दोस्रो र चौथो उच्च स्कोर नेपालको नाममा छ । सिंगापुरविरुद्ध नेपालले बनाएको २८५ रन प्रतियोगिताकै उच्च स्कोर हो । यसैगरी यूएईविरुद्ध नेपालले बनाएको २४७ रन दोस्रो र ओमानविरुद्ध बनाएको २२९ रन चौथो उच्च स्कोर हो ।पहिले ब्याटिङ गरेको बखत तीनैपटक खेलमा नेपाल २२० भन्दा कम स्कोरमा समेटिएन । नेट रन रेटमा पनि नेपाल सबैभन्दा अगाडि छ । अंकतालिकाको पहिलो स्थानमा रहेको यूएईको नेट रनरेट २.४२२ रह्यो भने नेपालको नेट रनरेट २.९४८ । प्राय प्रतियोगितामा नेट रनरेट कमजोर हुने नेपालका लागि यो एउटा सुखद समाचार हो ।
तर, नेपालले यूएईविरुद्ध भोगेको १ रनको हारमा कमजोर प्रदर्शनभन्दा पनि वर्षालाई दोष दिन सकिन्छ । किनकी खेलमा फर्किन नेपालसँग पर्याप्त समय बाँकी थियो ।
२००० मा पहिलो पटक १९ वर्ष मुनीको विश्वकप खेलेको नेपालको गर्विलो इतिहास छ । ७ वटा विश्वकप खेलेको नेपालले महाशक्ति राष्ट्रहरुलाई स्तब्ध बनाएको छ । २००२ मा न्यूजिल्यान्डलाई पराजित गर्दै प्लेट च्याम्पियन बनेको थियो भने भारत, साउथ अफ्रिका, पाकिस्तान जस्ता शक्ति राष्ट्रहरुलाई पराजित गरेको छ । यस पटक राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु समेत रहेकाले नेपालले विश्वकपमा स्थान बनाउने अपेक्षा थियो तर, वर्षा बाधक भएको छ ।
नेपालका लागि कप्तान रोहितले यस प्रतियोगितामा प्रेरणादायी प्रदर्शन गरे । दुई म्याचमा धर्मराएको ब्याटिङलाई उनले सम्हालेर नेपाललाई बलियो स्कोरसम्म पु¥याए । यो प्रतियोगितामा नेपालको सम्झनलायक पक्ष ब्याटिङ हो ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम