अन्तत: पत्रकार गिरी साधारण तारेखमा रिहा

अन्तत: पत्रकार गिरी साधारण तारेखमा रिहा

arjun-giri

पोखरा । ठगीको समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् ।

ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चार दिनदेखि थुनामा राखेको थियो।

काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले गिरीलाई तारेखमा रिहा गर्न आदेश दिएको हो । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले गिरी रिहा भएको उल्लेख गरेका छन् ।

काउन्सिलले ताण्डव न्युज डटकम दर्ता नभएको जानकारी पोखराका व्यवसायी विपेन्द्रराज बतासलाई दिएपछि उनले साइवर अपराध अनुसार गिरीविरूद्ध मुद्दा दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds