कास्की क्षेत्र नं. २ (ख) बिन्दु कु. थापा (काँग्रेस): कम्युनिष्टसँग विकासको भिजन छैन

कास्की क्षेत्र नं. २ (ख) बिन्दु कु. थापा (काँग्रेस): कम्युनिष्टसँग विकासको भिजन छैन

Bindu

नेपाली काँग्रेसका नेता, कास्की क्षेत्र नम्बर २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले देशको आर्थिक समृद्धीका लागि कम्युनिष्टसँग कुनै भिजन नभएको बताएका छन् । जनतालाई भ्रम बाँडेर राजनीति गर्दै आएका भन्दै उनले कम्युनिष्टको भ्रममा नफस्न आग्रह गरे । दुई तिहाई बहुमत मार्फत काँग्रेसले जनताका हक अधिकारको रक्षा गर्ने थापाको भनाई छ । उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेसको स्थीर सरकार बन्ने दावी गरेका छन् ।

उनले लोकतन्त्रको रक्षाका लागि भएपनि रुखमा भोट हाल्न आग्रह गरे । ‘कम्युनिष्टकै कारण देशको आर्थिक अवस्था लथालिङ्ग भएको छ । कम्युनिष्ट गठबन्धनको चर्चाले मात्रै शेयरबजार ध्वस्त भैसक्यो, सरकारै बने के होला ?, थापा भन्छन्–मुलुकको विकास र समृद्धि काँग्रेसको एजेण्डा हो । बुझिबुझि जनताले गल्ती गर्दैनन् ।’

उनले बाह्य लगानी भित्र्याएर पोखरालाई अन्तराष्ट्रिय रुपमै सबैभन्दा विकसित र पर्यटकीय शहरको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । थापा ब्यापार ब्यवसायसँगै राजनीतिमा सक्रिय ब्यक्ति हुन् । उनकै अगुवाईमा पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणले मुर्त रुप लिएको थियो ।

कास्की क्षेत्र नम्बर २ को प्रदेश (ख) अन्तर्गत सचीवालय उद्घाटमा उनले आँफुलाई मतदान गर्न मतदातासँग अपिल गरे । ‘जनधनको रक्षाको ज्ञारेण्टी काँग्रेसले लिन्छ । त्यो भारी बोक्ने अवसर मलाई दिनुस्, उनी भन्छन्–राष्ट्रिय निकास र आर्थिक समृद्धीका लागि प्रजातन्त्रबादी काँग्रेसलाई भोट हाल्नुस् ।’

विगतको हार असुल गर्छौं

काँग्रेस नेता तथा कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाले २०७० मा ब्यहोरेको क्षति अहिलेको चुनावले फर्काउने बताए । उनले काँग्रेसकै अगुवाईमा संविधान जारी भएको भन्दै कार्यान्वयनका लागि पनि काँग्रेस अपरिहार्य हुने उल्लेख गरे । ‘२०७० को संविधानसभा चुनावमा कास्की काँग्रेसको ठूलो क्षति भएको छ । स्थानीय चुनावमा पनि हामी पराजीत भयौं, उनले भने–सबै चुनावको सावा ब्याज सहित अहिले फर्काउने बेला आएको छ । हामी क्षति असुल गरिछाड्छौं ।’

थापाले पोखराका विकासे मुद्धा आफ्नो प्रमुख एजेण्डा भएको बताए । लामो समयदेखि अन्तराष्ट्रिय विमानस्थल निर्माण आँफुले अगुवाई गरेको भन्दै विमानस्थल निर्माण गरेर पोखरेलीको लामो पखाई पूरा गर्ने थापाको प्रतिबद्धता छ । उनले पोखरा चक्रपथ र सुविधासम्पन्न बसपार्क निर्माणलाई प्राथमिकताका साथ अगाडी बढाउने बताएका छन् ।

भोटरले नयाँ टेष्ट खोजेका छन्

“जनताले नयाँ उम्मेदवारबाट विकासको अनुभूति हुने अपेक्षा गरेका छन ।” घरदैलोको क्रममा जनताले सुनाएको भन्दै प्रतिनिधि सभा २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले भने–“न्युट्रल भोटले नयाँ टेष्ट खोजिरहेको आभाष भएको छ ।”

व्यापारीक घरानाले, अग्रज व्यवासयीले साथ, र सहयोग रहेको भन्दै उम्मेदवार थापाले उहाँहरुको साथ र सहयोग शिरोपर गर्दै अगाडि बढ्ने बताए । पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका थापाले जनतामा देखिएको उत्साह, हार्दिकताले काँग्रेसका जित सुनिश्चित हुने दावी गरे ।

घरदैलो अभियानकै क्रममा समानुपातिक उम्मेदवार आनन्दराज मुल्मीले जनताले काँग्रेसबाट धेरै आशा गरेको भन्दै काँग्रेसलाई जिताउन स्वयं जनता नै सक्रिय हुदैं घरदैलो अभियानमा जुटिरहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ