हेटौंडा– विप्लव समूहले नेपाल बन्द आह्वान गरेका बेला आज बिहानै मकवानपुरमा दुईवटा गाडी जलाइएका छन् । गाडी अज्ञात समूहले जलाएको प्रहरीले बताएको छ ।
पालुङबाट कुखुरा बोकेर हेटौंडातर्फ आउँदै गरेको ना२च ९०९४ नम्बरको गाडी थाहा नगरपालिका–४ स्थित पानारोमा रिसोर्टअगाडि तीनजनाको समूहले रोकेर आगजनी गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, भीमफेदी गाउँपालिका–९ मा तरकारी बोक्ने ना४ख ७९०६ नम्बरको गाडी पनि जलाइएको छ । आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएका छैनन् । विप्लव नेतृत्वको नेकपा समूहले आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध र नेता–कार्यकर्ता पक्राउको विरोधमा बन्द आह्वान गरेकाले आगजनीमा यही समूहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।
सम्बन्धित खबर
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
झण्डै साढे ११ करोडको ८ किलो बढी सुनसहित हेटौँडाबाट २ जना पक्राउ
मकवानपुरमा पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ जना बालक सबै मृत भेटिए
मकवानपुरमा एन्फा एकेडेमीका बेपत्ता छ बालकमध्ये ३ जनाको शव भेटियो
हेटौँडामा कार दुर्घटना हुँदा पोखराका श्रेष्ठसहित तीन घाइते
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ