पोखरा जिरो किमीमा राति भेटिएको बम होइन, कुकरमा पानी रहेछः डिएसपी शाह

पोखरा जिरो किमीमा राति भेटिएको बम होइन, कुकरमा पानी रहेछः डिएसपी शाह

bom pokhara

प्रतिकात्मक तस्वीर

पोखरा : विहीबार विप्लवको बन्द हो ? भन्दै एकापसमा सोधखोज गरिरहेका बेला अघिल्लो दिन बुधबार पोखराको सडकमै टेप लगाइएको अवस्थामा प्रेसरकुकर देखियो ।

राति ११ बजेतिर जिरोकिलोमिटर नजिकै सडकमा प्रेसकुकर देखेपछि स्थानीय र सडकमा यात्रा गर्नेहरु आतंकित बने । फेसबुकमा फोटोहरु पोष्ट गर्न थाले । विहीबार बिहान प्रहरीसँग बुझ्दा सो प्रेसर कुकरमा बम नभएको बतायो ।

सेनाको बम डिस्पोजल टोलीले बम नभएको पुष्टि ग¥यो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले बम नभेटिएको बताए । गण्डकन्यूजसँग उनले भने, ‘जानकारी प्राप्त हुनासाथ टोली पुग्यो । तर, कुकरभित्र पानी रहेछ । बम होइन । तर्साउनका लागि यस्तो गरेको होला ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds