बुद्ध एयरले मलाई त छाड्यो अरुलाई के गर्छ ? : मन्त्री बाँस्कोटा

बुद्ध एयरले मलाई त छाड्यो अरुलाई के गर्छ ? : मन्त्री बाँस्कोटा

gakul baskota

सुचना, सञ्चार तथा प्रविधिमनन्त्री गोकुल बास्कोटाले बुद्ध एयर आफुलाई छाडेको प्रति आक्रोस व्यक्त गरेका छन् । बुद्ध एयर मार्फत भैरहवाबाट काठमाडौं जाने क्रममा जहाजले मन्त्री बास्कोटालाई नकुरी उडेपछि आक्रोशित बनेका हुन् ।

 बुटवलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री बास्कोटाले भने, ‘विना सूचना बुद्ध एयरले जहाज उडायो, मलाई छाडेर गयो ।’ मन्त्री बास्कोटाले ‘जहाजले छाडेर गएपछि तपाईंहरूसँग भेट भो । मलाई त दुःख दियो । लुम्बिनी आउने पर्यटकहरूलाई कति समस्या खेप्दा होलान् पत्रकारहरूले त्यतातर्फ पनि ध्यान दिनुपर्छ । विज्ञापनको पछाडि मात्र नलागौं ।’

सञ्चारमन्त्री बाँस्कोटा छुटेको भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बुद्ध एयरले जनाएको छ । विज्ञप्ति जारी गर्दै कम्पनीले ६८ जना यात्रु छोडेर मन्त्रीलाई कुर्न नसकिएको स्पष्ट पारेको हो । विज्ञप्तिमा भनिएको छ, ’वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नम्बरको ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको   थियो ।

काठमाडौंबाट उड्नेबित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र टोली सो उडानबाट नजाने र वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds