गण्डकी प्रदेशमा दिनभर : बारीमा नवजात शिशुको शव फेला, सेतिमा डुबेर बिकको मृत्यु

गण्डकी प्रदेशमा दिनभर : बारीमा नवजात शिशुको शव फेला, सेतिमा डुबेर बिकको मृत्यु

Gandaki Aaja

पोखरा : गोरखामा नवजात शिशुको शव फेला परेको छ । मंगलबार गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर १ मकैसिङ्मा शंखास्पद अबस्थामा नवजात शिशुको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाको अनुसार शारिमा शिशुको शव फेला परेको हो ।  नवजात शिशु मृत अबस्थामा भेटिएको हो । हाम्रो प्रहरी टोली घटना स्थलमा गएका छन्’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावलले भने, ‘घटनाको बारे थप बिस्तृत जानकारी आएको छैन् ।’

पानीमा डुबेर तनहुँमा एक जनाको मृत्यु
सेति नदिमा डुबेर एक जनाको मृत्यु भएको छ । मंगलबार तनहुँको भिमाद नगरपालिका वडा नम्बर ७ मा रहेको सेति नदिमा डुबेर ६० बर्षीय कालिगढ बिकको मृत्यु भएको हो ।

भिमाद नगरपालिका वडा नम्बर २ का बिकलाई नदिमा डुबिरहेको अवस्थामा देखिपछि स्थानियले उपचारका लागि प्राथमिक स्वास्थ चौकी भिमाद लगेका थिए । उनको उपचारको क्रममा स्वास्थ्य चौकीमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds