इन्डोनेसियामा विवाहेतर सम्बन्ध राख्ने महिलालाई सार्वजनिक स्थानमा बेतले हिर्काएर सजाय

इन्डोनेसियामा विवाहेतर सम्बन्ध राख्ने महिलालाई सार्वजनिक स्थानमा बेतले हिर्काएर सजाय

caning_NRLDM6Bp62

काठमाडौं – इन्डोनेसियामा विवाहेतर सम्बन्ध राखेको आरोपमा एक महिलालाई सार्वजनिक स्थानमा बेतले हिर्काएर सजाय दिइएको छ । उनलाई सजाय दिइँदा भेला भएका मानिसहरूले रमाएर फोटो खिचेका थिए । तर्सिएकी महिला मञ्चमा घुँडा टेकेर बसेकी थिइन् भने एक अधिकारीले उनलाई दण्ड दिनका लागि लट्ठी उज्याएका थिए ।

शरिया कानूनअन्तर्गत उनलाई सजाय दिइएको हो । सजाय दिने अधिकारीलाई अल्गोजो भनी चिनिन्छ र उनले मुखौटा र चोगा लगाएर अनुहार तथा शरीर पूरै छोपेका थिए । बन्दा आचेह शहरमा यो सजाय दिइएको हो ।

महिलाले टाउको झुकाएर बसिरहेको बेलामा अन्य दुई महिलाले पनि सजाय कुरिरहेका थिए । उनीहरूमाथि पनि विवाहेतर सम्बन्ध राखेको आरोप छ ।  मञ्च नजिक रहेका धेरै दर्शकहरूले मोबाइल फोन उठाएर तस्वीर तथा भिडियो खिचेका थिए ।

सुमात्रा टापुमा रहेको बन्दा आचेहमा जुवातास खेलेको, रक्सी पिएको र समलिंगी सम्बन्ध राखेको पाइएमा लट्ठीले हिर्काउने सजाय दिइन्छ ।  आचेहलाई सन् २००१ मा विशेष स्वायत्तता दिइएपछि शरिया कानून लागू गरिएको थियो ।

एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ