पोखरा । लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटीमा नयाँ नेतृत्व चयन भएका छन् । क्लबकाे अधिवेशनबाट इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतकाे क्लब स्वर्णिम सिटीले नयाँ कार्यसमिति निर्बिरोध चयन गरेकाे हाे ।
लायन मोहन प्र. अधिकारीको अध्यक्षतामा चयन भएको स्वर्णिम सिटीको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा लायन शक्ति बरुवाल, द्वितीय उपाध्यक्षमा लायन राजु लामा , सचिवमा लायन भाइराज राना र कोषाध्यक्षमा लायन हरि प्र. अर्याल सहित अन्य कार्यसमिति पनि चयन भएका छन् ।
क्लब अध्यक्ष लायन गोबिन्द प्र. देबकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथि जोन चियरपर्सन लायन बिन्दु श्रेष्ठ र रिजन चियरपर्सन लायन जगन्नाथ तिमिल्सिनाले शुभकामना मन्तव्य राखेका थिए । नवनिर्वाचित अध्यक्ष अधिकरीले क्लबलाई अझै प्रभावकारी बनाउनका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे । अधिबेशनबाट नेतृत्वमा आएका नयाँ कार्यसमितिले बर्ष २०१९/२० को कार्यकालको जिम्मेवारी लिने क्लबका अध्यक्ष देबकोटाले बताए । उक्त क्लबमा युवाहरू मात्रै संगठित भएर लागेका छन् ।
सम्बन्धित खबर
मुस्ताङमा इन्टरनेशनल माउण्टेन आर्ट फेस्टिभल
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
धवलागिरिको चुचुरो चुम्न १६७ मिटर बाँकी रहँदा अस्ताएका अनुभवी आरोही
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु