ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)
वर्षारम्भमा चतुर्थ वक्री केतु गुरु र अढैया शनिको प्रतिकूल प्रभाव रहनेछ । गुरु तथा शनिका कारण परिवारिक समस्या बढ्नेछ । पेट गडवड हुनुको साथै मित्रहरूको असहयोगले काम गर्न अप्ठ्यारो हुनेछ । विश्वास गरेकाहरूबाट विश्वास घात हुनेछ । बसाईं सराइको योग पनि देखिन्छ । सवारी साधनले पटकपटक दुःख दिनेछ । घरेलु समस्याले गर्दा पढाइमा अवरोध आउनेछ । सन्तानसँग पनि विमति भएर चिन्ता बढ्नेछ ।
शत्रुले परिवारसँग मिलेर फसाउने प्रयत्न गर्नेछन् । आफन्तहरू सहयोग गर्न भन्दा कुरा काट्न उद्धत हुनेछन् । आमा हुनेहरूको लागि आमाको स्वास्थ्य समस्याले धेरै सताउनेछ । हाडजोर्नीको पीडा पनि कमी हुनेछैन । लेनदेनमा विवादको समाना गर्नु पर्नेछ । नोकरी तथा राजनीतिमा राहुको प्रतिकूलताले समय समयमा संकट सिर्जना गरेपनि राहु उच्च हुनाले प्रयत्न गर्दा सफल हुन सकिनेछ । आषाढ ९ गते देखि कार्तिक १२ गते सम्म गुरुको अनुकूलताले गर्दा भाग्य बलियो भई अरुको विश्वास सजिलै जित्न सकिनेछ ।
[bs-quote quote=”आषाढ, श्रावण, मार्ग, फाल्गुन राम्रो महिनामा पर्दछ भने बैशाख, भाद्र, कार्तिक, पौष नराम्रो र ज्येष्ठ, आश्विन, माघ, चैत्र मध्यम महिनामा पर्दछ ।” style=”style-21″ align=”left”][/bs-quote]
संयमीत भएर काम गर्दा धेरै कुरामा सफलता मिल्नेछ । पराक्रम बढ्ने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । यो समय सेवक तथा दाजुभाइहरूवाट उचित सहयोग मिल्न सक्नेछ । धर्ममा रुची बढ्ने र तीर्थयात्राको योग पनि वलियो छ । सामाजिक कार्यमा प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईंको आवश्यकता महसुस हुनेछ र विरोधीहरू नै शरण पर्न आउनेछन् । व्यापारमा लाभ सोचेभन्दा बढि नै मिल्नेछ । कूटनैतिक क्षेत्रमा ऐतिहासिक र अविष्मरणीय कार्य गरेर समाजको उत्थान र शत्रुको शीर निहुराउन सफल हुनुहोला । विना दौडधूप प्रेममा सफलता मिल्नेछ ।
अविवाहितहरूको लागि विवाहको र विवाहितहरुको लागि सन्तानको योग रहनेछ । खर्चको गति तीव्र भए पनि आम्दानीका श्रोतहरू चौतर्फी जुट्नेछन् ।
राज्यले फसाउने प्रयास गरेपनि तपाईंको इमान्दारिताले अन्ततः राज्यनै झुक्नु पर्ने देखिन्छ । यो समय बलको काममा भन्दा बुद्धिको काममा जोड दिनु राम्रो हुनेछ । फाल्गुन ५ गते देखि अढैया शनि सकिने हुँदा वैदेशिक व्यवसाय र कुटनैतिक क्षेत्र र पर्यटकीय व्यवसायमा हुनेहरूको लागी यो समय राम्रो रहनेछ ।सवारी साधन र घरजग्गा व्यवसाय गर्नेहरु फाल्गुन ४ गते सम्म नराम्रोसँग फस्न सक्नेछन् ।
……………………………………………
ज्यो.पं.वैद्यराज दीपक सुवेदी
कन्या राशि हुनेहरूको लागि यो वर्ष संघर्ष एवं उथलपुथलप्रद देखिएको छ । तरपनि सत् नछाड्ने र स्वकर्ममा रत् रहने तथा संयमपूर्वक बुद्धिले काम लिने कर्मयोगीहरूले संभावित खतिक्षतिलाई टार्न सकिनेछ । हिम्मत गिराउन पर्नेछैन । भलै ठूलो उपलब्धि नभएपनि सामाजिक कार्यहरूमा सक्रियता बढाउन सकिनेछ । व्यक्तिगत लाभ कम भएपनि अभियानमूलक लोकहितका कार्यमा भूमिका निभाउन सकिने छ । बढी महत्त्व दिइएको कार्यमा ढिलासुस्ति तथा बाधा अबरोध आउने नै छ ।
जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि चोटपटक–घाऊखटिरा जन्य रोग, दैविक विपत्ति, व्यवहारिक एवम् घरायसी समस्याहरूले दुःख दिनसक्ने भएकोले हरप्रकारको सावधानी अप्नाउनु आवश्यक देखिन्छ । जग्गा तथा घरघडेरीको किनबेच गर्न समय त्यति अनुकूल छैन, विश्वासघात–धोका हुने, फसिने तथा पछुतो हुने समय छ । सित्तिमिति कसैको भरोसा नगरेकै राम्रो हुनेछ । कुलमा रोगको प्रकोप, मान्यजनकष्ट तथा वियोगसम्मको सम्भावना एवं आफन्त, साथीभाई, छरछिमेकी, सहकर्मी आदिसँग असमझदारीको सामना गर्नुपर्ने हुनसक्ने छ । मुद्धामामिला पर्नसक्ने सम्मको ग्रहगोचर छ सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ ।
व्यापार–व्यवसायमा मन्दि महसूस हुनजाला, समाजसेवा, राजनीति, जागिर आदिमा आलोचना तथा अपयश नपर्ला भन्न सकिन्न । पशुचौपाया तथा कृषि आदिबाट पनि मनग्य लाभको अपेक्षा नराखेकै राम्रो होला । घरभन्दा पर तथा विदेश यात्रा आदिको लागिभने वर्ष अनुकूल रहनेछ । घरपरिवारमा दानपूण्य, विवाहव्रतबन्ध आदि माङ्गलिक कार्य हुनजाने छ । अध्ययनमा आइरहेको अड्चन कम भएर जानेछ । ज्ञानोन्माद् नगरी समयको सदुपयोग गरेको खण्डमा शुभ परिणाम हात पार्न सकिने छ । वर्षको उत्तरार्ध पछि तसै केही सुविस्ता महसूस हुनेछ ।
हनुमान–शनिमहाकाल एवम् भैरवदेव र माँ बगलामुखीको सात्त्विक तवरबाट स्तुति आराधना गर्नाले प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न मद्दत मिल्नेछ ।
[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम