ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)
ग्रह गोचर समष्टिमा राम्रो छ । वर्षारम्भदेखि नै राहु बाह्रौ तथा छैटा गुरुको प्रतिकूलताले खर्च बढाउने, विवाद बढाउने र चिन्ता बढाउने हुनाले संयम हुनु पर्नेछ । विद्या र उन्नतिमा वाधा हुने र वौद्घिक कार्यमा प्रसस्त कठिनाई आउनेछन । समयमा निर्णय नहुँदा महत्वपूर्ण कामहरु बिग्रनेछन । मित्रहरुले समयमा कुरा नवुझ्ने र शत्रुले मौका छोपेर अप्ठ्यारो पारी फसाउने हुँदा गोपनियतामा जोड दिनु पर्ला । प्रेम सम्बन्धमा विवाद उत्पन्न हुँदा प्रतिष्ठामा आँच आउन सक्ने र त्यही कारणले प्रसस्त धन क्षति हुनसक्ने भएकोले प्रेमको मामलामा सचेत हुनु राम्रो देखिन्छ ।
[bs-quote quote=”आषाढ, भाद्र, कार्तिक तथा फाल्गुन महिना अशुभ हुनेछन भने बैशाख, ज्येष्ठ, आश्विन, पौष शुभ महिना हुन्” style=”style-21″ align=”left”][/bs-quote]
वैदेशिक व्यापारमा समस्या आउने तथा कूटनैतिक क्षेत्रमा विवाद बढ्न सक्ने हुनाले यस्ता कार्य हरुमा संयमित भएर काम गर्नु उचित हुनेछ । धार्मिक पक्ष कमजोर हुँदा मनोवल कमजोर भएपनि ज्येष्ठ ९ गते बाट कार्तिक १२ गते सम्म पञ्चम गुरुको भाग्य स्थान, एकादश स्थान र राशिमा दृष्टि अनुकूलताले बौद्धिक कार्यहरु धेरै हुनेछन् ।
शैक्षिक कार्यमा सफलता सोचे जस्तै मिल्नेछ । लेखन मार्गमा सोचेभन्दा बढि सफलता मिल्नेछ । सन्तान सुख राम्रो हुनुको साथै सन्तान नहुनेलाइ सन्तान लाभ हुने वर्ष छ ।व्यापारमा सफलता मिल्नुको साथै वैदेशिक कार्यमा निर्विवाद अघि बढ्ने अवसर मिल्नेछ । सो कार्यबाट मनग्य धन कमाउने अवसर मिल्नेछ । कूटनैतिक क्षत्रमा ऐतिहासिक सफलता मिल्नेछ ।
कूटनैतिक कार्यबाट राजनीतिमा अग्रहुने अवसर पनि मिल्नेछ । मित्र परिवारजनहरुको पर्याप्त सहयोग मिल्नेछ भने शत्रु पराजय हुनेछन । घर तथा सवारी साधन जोड्ने तरखरमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।आषाढ, भाद्र, कार्तिक तथा फाल्गुन महिना अशुभ हुनेछन भने बैशाख, ज्येष्ठ, आश्विन, पौष शुभ महिना हुन् । अन्य महिनाहरु मध्यम रहनेछन् ॐ नमः भगवते वाशुदेवाय यो मन्त्रको जप बर्षारम्भ देखिनै गर्नु राम्रो होला ।
……………………………………………
ज्यो.पं.वैद्यराज दीपक सुवेदी
कर्कट राशि हुनेहरूको लागि यो वर्षको पूर्वार्धमा विशेष कामकार्यमा सफलता प्राप्त गर्नसकिने छ । व्यवसायिक उन्नति, अध्ययन सफल, घर–जग्गाको व्यवस्था आदि विशेष एवं महत्त्वपूर्ण कामकार्यहरू बन्ने छन् । उद्योगीको उद्योगधन्दा फस्टाउनेछ, नयाँ पेशाको थालनी हुनसक्ने छ । रोजगारीको प्रतिक्षामा बसेकाहरूको लागि वर्ष विशेष अनुकूल देखिएको छ, समयको सदुपयोग गर्नुहोला । राजनीति एवं समाज सेवामा पदीय हैसियत तथा जिम्मेवारी मिल्नेछ । जागिरमा पदोन्नति हुनेछ । खेलकुदकर्मीको लागि पनि वर्ष उपलब्धिमूलक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ ।
विवाह योग्य युवायुवतीको लागि विवाहबन्धन कसिने छ भने असमझदारी झेल्दै आएका दम्पति तथा प्रेमजोडी बीच सुधार आइ सम्बन्ध प्रगाढ बन्नेछ । सन्तान अभिलाषीलाई सन्तान प्राप्ति हुनेछ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । प्रतिस्पर्धा एवं न्यायिक क्षेत्रआदिमा सफलता र वीजय प्राप्त हुनेछ । घर परिवारमा विवाह व्रतबन्धादि धार्मिक आध्यातिमक अनुष्ठान आदि सम्पादन हुनसक्ने छ भने तीर्थाटनको पनि अवसर मिल्ने सम्भावना छ ।
जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई अनावश्यक रूपमा धनको फुर्ति एवं उन्माद बढ्नसक्ने छ भने आफूबाट गएको तथा दिएको चीज नफर्कने सम्भावना छ सरसापट्टी आदिमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । शिरशूल, ढाड–कम्मर, घुँडा–खुट्टा तथा हाडजोर्नी–नशा एवं ग्रन्थीसम्बन्धी समस्या हुनसक्ने गोचर परेको हुनाले स्वास्थ्य एवं आहार विहारमा ध्यान दिन जरुरी देखिएको छ । वर्षको उत्तरार्ध पछि प्रतिकूलता बढ्ने छ आवश्यक संयम अप्नाउनु बुद्धिमानी हुनेछ ।
यो राशि हुनेहरूले यो वर्ष भैरव उपाशना र भाद्रमास उपरान्त माँ बगलामुखीको साथमा हनुमानदेवको भक्तिदर्शन तथा व्रतादि एवं विद्वान गुरुजनबाट आर्शिवाद मार्गदर्शन ग्रहण आदि गर्नु शुभप्रद हुनेछ ।
[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम