पोखरा, २६ कार्तिक / पोखरा घुम्न आएका युवकको होटलमै ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाईड स्थित प्यालेस भ्यु होटलमा शुक्रबार साँझ सुतेका युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रे घर भई काठमाण्डौ स्वयम्भु डेरा गरी बस्ने २३ बर्षिय सागर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । नौ जनाको समूहमा रहेका उनीहरु साझँको खाना खाई सुतेका थिए । शनिबार बिहान अबेरसम्म नउठे पछि साथीहरुले अचेत रहेको थाहा पाएका थिए । त्यसपछि साथीहरुले नै होटलको सहयोगमा फेवासिटी हस्पिटलमा लगेका थिए । डाक्टरले बिहान साढे ८ बजे मृत घोषणा गरेका थिए ।
होटलमा तत्कालै प्रहरीको टोली खटाएर अनुसन्धान गरेको प्रहरीको भनाई छ । प्रारम्भिक रुपमा प्रहरीले उनको मृत्यु छारे रोगका कारण भएको हुनसक्ने अनुमान गरेको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम