कमलपोखरी जुनियर क्लबको सेभेन ए साइड फुटबल प्रतियोगिताः फाइनल खेल भोलि

कमलपोखरी जुनियर क्लबको सेभेन ए साइड फुटबल प्रतियोगिताः फाइनल खेल भोलि

kamal pokhari

फोटो/रचित पौडेल

पोखरा । पोखरा १३ स्थित कमलपोखरी जुनियर क्लबको आयोजनामा मंगलबारबाट सुरु भएको दोस्रो जुनियर कमलपोखरी कप—२०७५ अण्डर नाइन्टिन सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल भोली हुने भएको छ ।  अण्डर नाइन्टिन प्रतियोगितामा ४० टीम सहभागी थिए । आयोजकको अनुसार क्वाटर फाइनल खेलबाट ४ टिम सेमिफाइनलमा छनौट भएका छन् ।

आज भएको क्वाटर फाइनल खेलमा सोल्टी एफसीले युनाईटेडलाई २-० गोलले, एभरग्रीन (ए) ले जुनियर एफसीलाई पेनाल्टीमा ३-२ गोलले पराजित गरेको थियो । त्यस्तै, अक्सफोर्डले ध्याचोकलाई ५-१ गोलले र रञ्जन मेमोरियले एभरग्रीन (बि) लाई पेनाल्टीमा ३-२ गोलले पराजित गरेको हो ।

आयोजकको अनुसार नयाँ वर्षको दिन बैशाख १ गते फाइनल खेल हुने छ । खेलमा प्रथम हुने टीमलाई नगद ४२ हजार २ सय २२ रुपैँया र दोस्रो हुनेलाई २२ हजार २ सय २२ रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ