सूर्य तिमिल्सिना, मुस्ताङ । चैते दशैँ तथा नव बर्षको अवसर पारेर मुस्ताङ आउने पर्यटक तथा तिर्थालुहरुको आगमन बढेको छ । हिन्दु किंवदन्ती अनुसार चैते दशैंमा कागबेनीको पिण्ड स्थलमा श्राद्ध गरे पृत आत्मालाई शान्ति मिल्छ भन्ने बिश्वासका कारण यो समय मुस्ताङमा बढि तिर्थालुहरु आउने स्थानीयहरु बताउँछन् ।
यो बर्षको चैतेदशैँ तथा नवबर्षका लागि शुक्रबार र शनिवार गरि मुस्ताङमा करिब ८ हजार पर्यटक तथा तिर्थालुहरु आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जोमसोमका सूचना अधिकारी इन्स्पेक्टर राजेन्द्र प्रसाद रेग्मीले जानकारी दिए । ‘चैतेदशैं तथा नव बर्षको अवसर पारेर मुस्ताङ घुम्न आउनेहरुको संङ्ख्या गत बर्षको तुलनामा अहिले झनै बढेको छ’ सूचना अधिकारी रेग्मीले भने, ‘शुक्रबार र शनिबार सानाठूला गरी करिब १ हजार सवारी साधन भित्रिएको छ ।

हवाइ मार्गबाट पनि त्यत्रीकै यात्रु आएका छन् । हवाइ तथा सबारी साधनमा गरी दुई दिनमा ८ हजार भन्दा बढि मानिसहरु जिल्लामा आएका छन् ।’ कागबेनी बसपार्क र मुक्तिनाथ रानीपौवा बसपार्क समेत तिर्थालुकै गाडीले भरिएको उनले बताए । शुक्रबार बिहानै देखि कागबेनी पिण्ड स्थलमा श्राद्ध गर्ने तिर्थालुले भिड लागेको छ । अल्पकालीन ब्यबसाय भए पनि यहाँका ब्यबसायीले बिगतका समयमा भन्दा यो समयमा बढि आम्दानी गर्ने गर्छन् । दिवंगत पितृको नाममा मुस्ताङको कागबेनीमा आई पिण्डदान गर्नाले पितृ उद्धार हुने जनविश्वास छ । जसले गर्दा कागबेनीमा बिशेष गरी औंशी, चैते दशैं र बडादशैंको बेला श्राद्ध गर्न तिर्थालुहरु आउने गरेको स्थानीयहरु बताउँछन् ।
https://www.facebook.com/gandaknews/videos/310590336299766/
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ