कांग्रेसले हामी गर्छौं भनेर अहिले गफ लगाएर हुन्छ ? २०४६ साल पछाडि के गरे ? : झलनाथ खनाल

कांग्रेसले हामी गर्छौं भनेर अहिले गफ लगाएर हुन्छ ? २०४६ साल पछाडि के गरे ? : झलनाथ खनाल

jhalanath

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ठूलो संख्यामा युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाएका छन् । काठमाण्डु महानगरपालिका वडा नम्बर १५ ले नयाँ बर्षको सन्र्दभमा शनिबार भुईंखेलमा गरेको कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवा जनशक्ति विदेशिन बाध्य भएको बताए ।

२०४६ साल यता पटक–पटक सरकारको नेतृत्व गरेको कांग्रेसले अवसर पाउँदा मुलुक र मुलुकवासीका लागि उपलब्धिमुलक काम गर्न नसकेको टिप्पणी गरे ।  उनले भने, ‘नेपाली कांग्रेसका साथीहरुले हामी गर्छौं भनेर अहिले गफ लगाउनुभएको छ । तर ४६ साल पछाडि अवसर प्राप्त भएको हैन ? पटक–पटक बहुमत प्राप्त भएको होइन । तर के गर्नुभो ? सारा देशलाई गरिबीमा डुबाउनुभयो । सारा देशमा बेरोजगारीमा डुबाउनु भो । आज झण्डै ५० लाखभन्दा बढी युवाहरु विदेशमा जान बाध्य भईरहेका छन् । यो बाध्यता खडा गर्यो कसले रु नेपाली कांग्रेसका साथीहरुलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्न भन्न चाहन्छु ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ