नेपाली मूलका परमेज श्रेष्ठ अस्ट्रेलियाको सांसद उम्मेदवार, को हुन् पिजे श्रेष्ठ ? (भिडियो)

नेपाली मूलका परमेज श्रेष्ठ अस्ट्रेलियाको सांसद उम्मेदवार, को हुन् पिजे श्रेष्ठ ? (भिडियो)

parmej shrestha

पोखरा ।नेपालीबाट अष्ट्रेलियन बनेका युवा ईतिहासमा पहिलो पटक अष्ट्रेलियाको संघीय निर्वाचनका प्रतिनिधि बन्दैछन् । आजभन्दा २० वर्ष अघि ६ वर्षको उमेरमा नवलपरासीबाट आफ्ना अभिभावकसँगै अष्ट्रेलिया गएका परमेज श्रेष्ठ हाल अष्ट्रेलियामा पीजे उपनामले चर्चित छन् ।

बिहीबार बसेको अष्ट्रेलियाको सत्तासीन लिबरल पार्टीको न्यूसाउथवेल्स राज्य कार्यसमितिले सिड्नी निवासी परमेज श्रेष्ठलाई आगामी मे १८ मा हुने संघीय निर्वाचनमा बार्टन क्षेत्रबाट उम्मेद्वारका रुपमा सिफारिस गरेको हो ।
अस्ट्रेलियाको संघीय निर्वाचनमा नेपालीको बाहुल्यता रहेको वार्टन क्षेत्रबाट परमेजलाई उठाउने निर्णय लिबरल पार्टीले गरेपछि त्यस क्षेत्रका नेपालीमा ठूलो उत्साह देखिएको सेतोपाटीले न्यूज प्रकाशित गरेको छ । परमेज श्रेष्ठ मिष्टर नेपाल ओसिनिया समेत हुन्।

अस्ट्रेलियाको इतिहासमा पहिलो पटक नेपाली मुलका युवालाई केन्द्रीय संसदमा पुग्ने मौकाका रुपमा हेरिएको लिबरल फ्रेन्ड्स अफ नेपालले जनाएको छ । आफु अष्ट्रेलियाको संघीय निर्वाचनका प्रतिनिधि हुन पाउनु सम्पूर्ण नेपाली समुदायको लागि निकै ठूलो उपलब्धि भएको उनको भनाई छ । अस्ट्रेलियाको सत्तासिन दलले आफ्नो काम र नेपालीहरुको प्रभाव देखेर पनि आफूलाई अगाडि बढाउन लागेको उनले दाबी गरे ।

गएराति पार्टीले आफुलाई टेलिफोन मार्फत त्यस क्षेत्रमा उम्मेदवार बनाउने खबर दिएको उनले बताए । आधिकारीक रुपमा केहि दिनभित्रै सार्वजनिक हुने भएको छ ।  लिबरल फ्रेन्ड्स अफ नेपालका उपाध्यक्ष विवेक थापाले उनी संस्थाको युथ कोर्डिनेटर पनि भएको र नेपालीहरुको प्रभाव अस्ट्रेलियामा बढ्दै गएको यो उम्मेद्वारीले प्रमाणित गरेको बताए । श्रेष्ठ उम्मेदवार हुने कुराले सबै नेपालीहरुलाई उत्साहित बनाएको बताउँदै उनलाई जिताउन सबै नेपाली एक भएर लाग्ने थापाले बताए ।

श्रेष्ठलाई उम्मेदवार बनाइएको क्षेत्र बार्टनमा नेपालीहरुको सबैभन्दा घना बसोबास रहेको छ । यो क्षेत्रमा सिड्नीको रकडेल, कोग्रा, हस्र्ट्िभल क्षेत्र पर्छ । यस्तै टेम्पे, ओलाई क्रिक, बेल्मोर, बेभर्ली हिल्स, क्याम्सी, क्यान्टरबरी, कार्लटन, डुलविच हिल, म्यारिकभिल लगायतका ठाउँ यही क्षेत्रमा समेटिएका छन् ।

न्यूसाउथवेल्सको राज्य चुनावमा निकै सक्रिय रहेका परमेजलाई यस क्षेत्रबाट उठाउने निर्णय ऐतिहासिक भएको छ । उनी अष्ट्रेलियाको संघीय निर्वाचनमा उम्मेदवार सिफारिस गरिएका पहिलो नेपाली मूलका ब्यक्ति हुन् ।

https://youtu.be/DEgtc0HZfys

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ