प्रधानमन्त्री निवास किनबेच भएको छैन : मन्त्री बाँस्कोटा

प्रधानमन्त्री निवास किनबेच भएको छैन : मन्त्री बाँस्कोटा

Gokul-Baskota

 सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा किनबेच नभएको दाबी गरेका छन् । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको नभइ जोडिएको ललिता निवासको विषय भएको बताए ।

 ‘प्रम निवासको जग्गा किनबेच भएको छैन, जोडिएको ललिता निवासको कुरा हो’ बास्कोटाले भने ।  नेकपा महासचिव पौडेलले सोबारेमा वक्तव्य जारी गरेको उल्लेख गर्दै उनले दोषी देखिए कोही नउम्कने स्पस्ट पारे । सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले यसबारे थप छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ