काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए ।
पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।पबजी आज बालबालिका तथा किशोरहरूका लागि लत बनेको छ। ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक ‘भर्चुअल’ हो। यसको क्रेज अहिले नेपालमा मात्र होइन, संसारभरि छ।
रिलिज भएको एक वर्षमै पब्जी एकदमै लोकप्रिय भयो। अहिले यो करोडौं मोबाइल प्रयोगकर्ताको प्रिय खेल बनिसकेको छ। यसको पहिलो संस्करण विन्डोजमा प्रकाशित भएको थियो। विन्डोजमा सफल हुन नसकेको गेम जब मोबाइल भर्सन त्यसमा पनि एन्ड्रोइड र आईओएस दुवै भर्सनमा सार्वजनिक भयो, त्योसँगै यसले सफलता चुम्यो। यो गेममा ‘ब्याटलग्राउन्ड’ अर्थात् रणभूमिमा सबैलाई परास्त पार्दै अन्तिमसम्म टिक्ने प्रतियोगी विजेता हुन्छ।
‘काउन्टर स्ट्राइक’ र ‘ओभरवाच’ जस्ता गेमलाई पछि पार्दै पब्जी अहिले सबैभन्दा धेरै राजस्व संकलन गर्ने गेम बनेको छ। तर, इन्टरनेटसँग जोडिएर अनलाइन खेलिने यो खेलले खेल्नेहरूको मस्तिष्कमा नकारात्मक प्रभाव परिरहेको अध्ययनले देखाएको छ। समूहमा खेलिने यो खेलको लतका कारण धेरैलाई मानसिक समस्या देखिन थालेको विश्व स्वास्थ्य संगठनले समेत जनाएको छ।
पब्जीको लतमा परेकाहरूले आफ्नो दैनिकी बिर्सिन थालेका छन्। खान खान बिर्सिने, स्कुलमा दिएको गृहकार्य बिर्सिएर एकोहोरो त्यही गेम खेलेर समय बिताउने गरेको छन्। त्यथ्यांकअनुसार यसको लत लागेको मान्छेले थोरैमा पनि पाँच घण्टा यसमा बिताउने गरेको पाइएको छ। यो गेम ब्याटल अर्थात् रणभूमि र त्यसमा हुने लडाइँसँग सम्बन्धित भएकाले पनि यसको नकारात्मक असर खेल्नेलाई परिरहेको जनाइएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार जो बालबालिका मारकाटसँग सम्बन्धित खेल खेल्छन्, उनीहरूको विचार, सोचाइ र इमोसन पनि आक्रामक हुने गरेको छ। साथै अरूलाई सहयोग गर्ने भावनामा पनि कमी आउने उल्लेख छ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते