पोखरा । प्रथम कास्कीकोट चैते दशैँ महोत्सव आजदेखि सुरु हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २४ को आयोजनामा पर्यटकीय स्थल कास्कीकोटमा आजदेखि ३० गतेसम्म उक्त महोत्सव हुने भएको हो । महोत्सवको अवलोकनका लागि करिब ५० हजारको दर्शक आउने अनुमान गरिएको आयोजक ले जनाएको छ ।
महोत्सवमा विभिन्न साँस्कृतिक झाँकी मगर समुदायको कौरा नृत्य, लोपउन्मुख खेलहरुको प्रर्दशन रहने वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताए । आज उद्घाटन गरेपछि भलिबल तथा खुल्ला कविता प्रतियोगीता र सडक दौड हुनेछ । महोत्सवमा भजन चुड्का प्रतियोगिता, नौमति तथा पञ्चेबाजा तथा लोकगीत प्रस्तुति हुने छन् । कुल १५ लाख ८० हजार लागत अनुमान गरिएको उक्त महोतसवबाट १६ लाख ८० हजार आम्दानी गर्ने आयोजकले लक्ष्य लिएको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम