ओली सरकारले काम होइन उखान टुक्का मात्र हान्ने काम गर्‍यो :शेरबहादुर देउवा

ओली सरकारले काम होइन उखान टुक्का मात्र हान्ने काम गर्‍यो :शेरबहादुर देउवा

Nepali Congress President Sher Bahadur Deuba

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षमा एउटा पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार काभ्रेको भकुण्डेबेसीमा कांग्रेसको क्षेत्रीय पार्टी कार्यालय शिलान्यास तथा वृहत आमसभामा बोल्दै सभापति देउवाले सरकारले एक वर्षमा एउटा पनि देखाउन लायक काम गर्न नसकेको बताएका हुन् ।

‘ओली सरकाले काम होइन उखान टुक्का मात्र हान्ने काम गर्‍याे,’ देउवाले भने, ‘बोलेका काम कुनै पूरा गर्न सकेको छैन । एक वर्ष भयो सरकारले अधिनायकबाद, हत्या हिंसा र बलात्कारीको संरक्षणमा लागेको छ ।’विकास र समृद्धिको सट्टा हत्या र बलात्कार मात्र बढेको आरोप उनको छ । सरकारले अधिनायकवाद बढाउँदै जनताको अधिकार खोसेको पनि उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ