काठमाडौं– नेपाली काँग्रेसले राप्रपाको शान्तिपूर्ण र्यालीमा प्रहरीले हस्तक्षेप गरेको प्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ। काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति जारी गर्दै ¥यालीका सहभागीलाई मात्र नभएर बाटोमा आवतजावत गर्ने सर्वसाधरणलाई समेत प्रहरीले गरेको लाठीचार्ज गरेको भन्दै आपत्ति जनाएको छ ।
राजनीतिक दल र आम नेपालीले स्वतन्त्रता तथा शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न पाउने नैसर्गिक अधिकारलाई वर्तमान सरकारले दमन गरी संविधान प्रदत्त हक अधिकारलाई खोस्ने कार्य गर्न खोजेको काँग्रेसले आरोप लगाएको छ ।
‘कुनै पार्टीसँग हाम्रो विचारमा अहसमत हुन सक्छ तर कसैको स्वतन्त्रता माथि अंकुश लगाउने कार्यप्रति नेपाली कांग्रेस सदैव विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘ प्रदर्शनको क्रममा प्रहरीको दमनबाट घाइते भएका व्यक्तिहरुको नेपाली कांग्रेस संसदीय दल शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’
news source : ratopati
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम