विजनेशविहिन बन्यो गण्डकी संसद, वैशाख पहिलो सातासम्म यस्तै

विजनेशविहिन बन्यो गण्डकी संसद, वैशाख पहिलो सातासम्म यस्तै

gandaki-pradesh-sava-f

पोखरा । हिउँदे अबिधेशन सुरु भएयता गण्डकी प्रदेशसभा बैठक नियमित हुन सकेको छैन । चैत्रमा १ र १० गते गरी जम्मा २ पटक मात्र बैठक चल्यो । त्यसपछि सभामुखले १९ गते बैठक बोलाए तर, प्रदेशसभा सचिवालयले सूचना टाँस गरी बैठक स्थगित भएको जानकारी दियो । त्यसपछि २७ गते बैठक चल्ने भनियो, तर आज पनि बैठक बस्दैन । सदनले विजनेश नपाउँदा लगातार संसद बैठक चल्न सकेको छैन ।

आजको बैठक बस्नका लागि तयारी पनि गरिएको हो । प्रदेशसभा बैठकलाई विजनेश दिनका लागि मंगलबार बिधायन समितिको बैठक पनि बसेको थियो । तर, बैठकले बिधायन समितिका अड्किएका तीनमध्ये एउटा बिधेयक पनि टुङ्गो लगाउन सकेन ।

बिधायन समितिमा बर्षे अधिवेशनमा दफाबार छलफल पठाईएको ‘प्रदेशसभा’ सचिवालय सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक’ सहित ‘प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक’ र ‘सूर्तिजन्य पद्धार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक’ रहेका छन् ।

संसद सचिवालयमा पेण्डिङ विधेयक पनि छैनन् र विधायन समितिबाट पनि कुनै विधेयक प्राप्त भएको छैन । सूर्तीजन्य पद्धार्थ सम्बन्धीको विधेयकमा छलफल भए पनि सहमति नजुटेको बताइन्छ । सूर्तीजन्य पदार्थमा ७५ प्रतिशत कि ९० प्रतिशत विज्ञापन राख्ने भन्ने विषयमा छलफल केन्द्रित गरिएकोमा बैठकमा टुंगो नलागेको एक सदस्यले बताएका छन् । नयाँ वर्ष, चाडपर्व, मुख्यमन्त्री पनि कार्यक्रमका लागि काठमाण्डौं जाने भएकाल वैशाख पहिलो हप्ता अघि टुंगोमा नपुग्ने निश्चित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ