डाक्टरको आन्दोलनले पोष्टमार्टम समेत प्रभावित

डाक्टरको आन्दोलनले पोष्टमार्टम समेत प्रभावित

Gandaki Hospital

 पोखरा । गत शुक्रबारदेखि कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै डाक्टरले देशव्यापी रुपमा गरेको आन्दोलनका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमको काम समेत प्रभावित भएको छ । आफूहरूलाई संघ अन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मागसहित आन्दोलनरत डाक्टर र सरकार र बीच वार्ता हुन नसक्दा मंगलबारदेखि उक्त अस्पतालको पोष्टमार्टम कक्ष समेत बन्द गरिएको हो ।

डाक्टरहरुको आन्दोलनका कारण गत चैत्र २१ गतेदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएको थियो । अस्पतालका डाक्टरहरु आन्दोलनमा उत्रिएर सेवा अबरुद्ध गरेपछि विषेशगरी आर्थिक अवस्था कमजोर भएका, स्ववास्थ्य बिमा गरेका बिरामीहरु तथा टाढाबाट उपचारका लागि अस्पताल आएका बिरामीहरु समस्यामा पर्ने गरेका छन् ।

दैनिक सेवा लिनका लागि हजारौँँ बिरामीहरु आउने गरेका पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डाक्टरहरुको आन्दोलनका कारण अहिले सेवा लिन आएका बिरामीहरु समेत समस्यामा पर्ने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ