चट्याङ लागेर रुपा गाँउपालिकामा ३ जना घाइते

चट्याङ लागेर रुपा गाँउपालिकामा ३ जना घाइते

chattyang

पोखरा । कास्कीको रुपा गाँउपालिकामा चट्याङ लागेर ३ जना घाइते भएका छन् । मंगलबार रुपा गाउँपालिका ५ काफ्ले डाँडाका पुष्प कुमालको घर नजिकै रहेको पिपलको रुखमा चट्याङ लाग्दा उनीहरु घाइते भएका    हुन् ।

चट्याङले कुमालको घरको मिटर बक्स पड्कन जाँदा घरमा बसी रहेका ३ जना व्यक्तिहरु घाइते भएका हुन् । घाईतेहरुलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा पोखरा र गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको छ । प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ