विप्लवद्वारा वैशाख ५ गते नेपाल बन्द, ओली सरकारविरुद्व संघर्षको घोषणा

विप्लवद्वारा वैशाख ५ गते नेपाल बन्द, ओली सरकारविरुद्व संघर्षको घोषणा

biplop mahobadi

पोखरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ। महासचिव विप्लवले सोमवार साँझ विज्ञिप्त जारी गरी केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको दमनविरुद्ध बन्दको घोषणासहित संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

‘जनक्रान्ति र नेपाली जनतामाथिको ओली सरकारको फाँसीवादी दमनको प्रतिरोध गर्न निम्न संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसको प्रभावकारी सफलताको निम्ति सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा सक्रिय सहभागिताको विशेष अनुरोध गर्दछौं।’  नेपाल राष्ट्र र नेपाली जनताको यो हविगत बनाउने दलाल पूँजीपति वर्ग र त्यसको प्रतिनिधित्व गर्ने ओली सरकारको फाँसीवादी दमनको नेपाली जनतासहित पार्टीले शक्तिशाली प्रतिवाद गर्ने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ।

विज्ञप्तिमा भनिएको छ – ‘ओली सरकारले फरमान जारी ग¥यो कि ३५ दिनको हदम्यादभित्र आत्मसमर्पण गर नत्र ७७ वटै जिल्लामा ४ वटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रयण गरिनेछ । त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दिइसकिएको छ । जसको परिणाम कपिलवस्तु शिवपुर निवासी दुर्गा बहादुर रोकाको राती ३ बजे घर घेराहाली घरबाट लखेटेर गिरप्तार गरेपछि चनद्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडिबाट गोली हानी घाइते    बनाईयो ।’

विप्लवले ओलीको योजनामा प्रचण्ड पनि सति गएको तर्क आरोप लगाएका छन् । यो गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालिकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्रघात, जनघात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, बलात्कारलाई लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ,’ विज्ञप्तिमा भनिएको   छ ।

विद्रोही नेकपाका कार्यक्रम 
१। चैत्र २६ — २९ सम्म — प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर ।
२। वैशाख २ गते — कोण सभा ।
३। वैशाख ३ गते — अन्तरक्रिया ।
४। वैशाख ४ गते — मशाल जुलुस ।
५। वैशाख ५ गते — नेपाल बन्द ।
६। वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रममा बन्दको आयोजना गरी प्रतिबन्धित गर्ने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ